२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

भारतीय राजदूत विनय मोहनद्वारा १५० आइसीयु बेड नेपाललाई हस्तान्तरण

भारतीय राजदूत विनय मोहनद्वारा १५० आइसीयु बेड नेपाललाई हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । भारतीय राजदूत विनय मोहन क्वात्राले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच १५० वटा आइसीयु बेड हस्तान्तरण गर्नुभएको छ । भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूतले उक्त आइसीयु बेड हस्तान्तरण गर्नुभएको हो ।

भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज मिति २०७८ श्रावण ३ गते आयोजित एक समारोहबीच १५० वटा आइसीयु बेड हस्तान्तरण गर्नुभयो । 

सो हस्तान्तरण समारोहमा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ । 

मन्त्री कार्कीले भारत सरकारको यो कदमको सराहना रहेको बताउनु भएको छ । कोभिड(१९ बिरूद्धको लडाईमा यो एक महत्वपूर्ण कोसेढुंगा रहेको पनि बताउनुभयो । साथै उहाँले भन्नुभयो, यसले दुबै देशहरूले देखाएको अतुल्य सद्भभावलाई दर्शाउँदछ।

उहाँले महामारी सुरु भएयता अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराई भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको बताउनुभयो। गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप पाउने पहिलो मुलुकहरु मध्येको एक नेपाल पनि रहेको जनाउनु भयो । यसका अतिरिक्त भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गर्नुका साथै बिआइपिएपि मेसिन, एन्टिजेन परीक्षण सामाग्री, पीपीई, मास्क, एम्बुलेन्स तथा आइसीयु बेड लगायतका स्वास्थ्य सामाग्री पनि प्रदान गरिसकेको बताउनुभयो । 

मन्त्री कार्कीले भन्नुभयो , "भारत र नेपालबीच स्वास्थ्य क्षेत्रमा बलियो सहकार्य रहँदै आएको छ जसमा एम्बुलेन्सको वितरण, स्वास्थ्य क्षेत्रमा नियमित प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम र अस्पताल, ट्रमा तथा प्रसूति केन्द्र, नेचुरोप्याथी सेन्टर, आँखा हेरचाह केन्द्र लगायतका स्वास्थ्य पूर्वाधारको विकास रहेका छन् ।"