• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

पब्जी विश्वकपमा नेपाली टिम दोस्रो



काठमाडौं । पब्जी मोवाइल विश्व च्याम्पियनसिप (पिएमजिसि) मा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम दोस्रो स्थानमा रहन सफल भएको हो। टर्कीको एसटूजीले पहिलो स्थान हासिल गर्‍यो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा रह्यो । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो ।