२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिड थेग्न नसकेपछि टेकू अस्पतालले केही समयका लागि रोक्यो खोप अभियान



अ+ अ-

काठमाडौँ । खोप लिन आउनेको भिड थेग्न गाह्रो भएपछि टेकू अस्पतालमा खोप कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ।

अमेरिकाले कोभ्याक्समार्फत प्रदान गरेको एक मात्रा लगाए हुने जोन्सन एण्ड जोन्सनको खोप आज सोमबारदेखि देशभर दिन थालिएको छ ।

टेकू अस्पतलामा पनि सो खोप दिने क्रम सोमबार बिहानदेखि सुरु भएको थियो । तर भिड अत्याधिक हुँदा व्यवस्थापनमा कठिनाइ भएको भन्दै अस्पतालले केही समयका लागि खोप अभियान स्थगित गरेको छ ।