२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

सरकारलाई पूर्वसचिव त्रितालको सात सुझाव

सरकारलाई पूर्वसचिव त्रितालको सात सुझाव
अ अ+ अ-

काठमाडौं ।  पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारलाई सात ओटा सुझाव दिनुभएको छ ।  त्रितालले एउटै दलको झण्डै दुई तिहाइको सरकारको हालत देखेका नेपालीहरु धेरै आशावादी हुने ठाउँ नभएपनि नयाँ सरकारले राम्रो काम गरिदिए हुन्थो भन्ने अपेक्षा नागरिकहरुमा रहेको जनाउँदै सरकाराई सुझाव दिनुभएको हो । 

उहाँले ६ महिना पछि स्थानीय निकायको निर्वाचनको तयारी र त्यसको ६ महिना पछि प्रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुपर्ने भएका कारण वर्तमान सरकारलाई काम गर्ने समय छ महिना मात्र हुने स्मरण गराउँदै यो सरकारले गर्ने काम सीमित छन् तर महत्वपूर्ण रहेको जनाउनुभएको छ ।

 

उहाँले दिनुभएको सुझावहरु:

१.  कोभिड १९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने कार्यमा जिम्मेवारीपूर्वक अघि बढ्नु नै हो ।

२. देशमा शान्ति सुव्यवस्था कायम गर्ने काम हो जुन नियमित तर सधैं सम्वेदनशिल हुने गर्छ ।

३. विपद व्यवस्थापनको क्षेत्र असाध्यै कमजोर बनाइएको छ यसमा विशेष चासो राखेर काम गरिदिए हुन्थ्यो ।

४. सरकारी साधनस्रोतको असाध्यै दुरुपयोग भइरहेको छ केही हदसम्म नियन्त्रण गरिदिए हुन्थ्यो (विगतका कार्यकालहरु मतिव्ययिता कायम गर्ने सम्बन्धमा निराशाजनक भएको अनुभव छ) ।

४. सार्वजनिक जग्गा जमिन तथा प्राकृतिक स्रोतहरुको अति नै दुरुपयोग भएको छ जसको नियन्त्रणलाई प्राथमिकतामा राखिदए हुन्थ्यो ।

५. भ्रष्टाचार नियन्त्रणको विषय पनि महत्वपूर्ण छ तर संयुक्त सरकारको कार्यकालमा यो सम्भावना होला भन्ने आशा 

६. प्रशासनमा सुधार गर्ने विषयमा ध्यान दिए हुन्थ्यो ।

७. चालु विकास निर्माणका कामहरुलाई निरन्तरता दिनु नै पर्यो ।