२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनमै १० लाख भ्यूजको रेकर्डपछि यशकुमारले यसरी मनाए खुसीयाली



अ+ अ-

काठमाडौं । गायक यशकुमारको  बीस वर्षपछि भिडिओ प्लेटफर्ममा रिलिज भएको गीत  ‘तिम्रो मन बदलिएछ’ले अहिले पनि दर्शकको मन जित्न सफल भएको छ ।

दुई दिनमै १० लाख भ्यूजको रेकर्ड राखेपछि गायक यशकुमारले भिडियोको कास्ट एन्ड क्रिउसँगै खुशियालीमा केक समेत काटेका छन् ।

यशकुमारसँगै निर्देशक निकेश खड्का, अभिनेता सागर लम्साल, टीकटकबाट चर्चित दिदीबहिनी प्रिन्सी र प्रिज्माले टीमसँग मिलेर केक काटेका हुन् । यो गीतमा फिमेल भोकल चाहिँ मिलन अमात्यले दिएकी छन् । यसअघि चाहिँ सपनाश्रीको स्वर रहेको थियो ।