२९ मंसिर २०८२, सोमबार
,
Latest
चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस् प्रदेश सरकारको अस्तव्यस्तताका कारण आयोगको वाार्षिक कार्यतालिका प्रभावितः अध्यक्ष यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त



अ+ अ-

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज समेत रहेका कार्कीलाई प्रदेशसभाका ६० सांसदहरूको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् ।

कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिने छन् ।