गोरखाको सिरानचोक गाउपालिका ३ मा जन्मनुभएका राजेन्द्र ढकाल नेपाल ल क्याम्पस बाट कानुनमा स्नातक गरेपछी ल फर्म खोलेर गरीब जनताको पक्षमा बिनापारिश्रमिक कानुनी सेवा उपलब्ध गराउनु हुन्थ्यो । गोरखा बारको अध्यक्ष पनि रहनुभएको ढकाल जनादेश पत्रिकाको प्रतिनिधि पत्रकार पनि हुनुहुन्थ्यो ।
उत्पीडित जनताको पक्षमा र सामन्ती राज्यसत्ताको विरुद्धमा बोलेकै कारण पटकपटक यातना भोग्न बाध्य राजेन्द्र ढकाललाई २०५५ साल पुष २४ गते राज्यले प्रकाउ पारेर अहिलेसम्म बेखबर पारेको छ ।
आज मनका कुरा भन्न हामी कसैले कसैसँग डर मान्नुपर्दैन । राज्य सयन्त्रका विरुद्ध जसले पनि बोल्न सक्छ । तर यहि ब्यबस्था ल्याउन लड्ने ढकालहरु बोलेकै कारण कहिलेसम्म गुमनाम हुनुपर्ने रु गणतन्त्र आएको यतिका बर्षसम्म पनि परिवारको काम बर्ष गन्ने र प्रतीक्षा गर्ने भन्दा अरु हुन नसक्नु कति दुखदायि छ । सहिद परिवारको बरु पीडाको बीचमा पनि अब कैले पनि भौतिक रुपमा फर्कदैन भन्ने एक किसिमको ढुक्कता छ तर बेपत्ता योद्धाको सम्बन्धमा आफ्नो परिवारको सदस्यको अनिश्चित पर्खाइमा रहदा को पिडा जोकोहीले बुझ्न नसक्ने रहेछ ।
पार्टीसग गुनासो
माओवादी पार्टीले सहिद बेपत्ता परिवार प्रति गरेको बेवास्ता खेदजनक छ । जो योद्धाले सामुहिक हित र पार्टीको लागि आफ्नो जिन्दगीको आहुति दियो त्यति पार्टीमा ब्यक्तिकेन्द्रीत प्रवृत्ति मौलाउनु दुखद छ । पार्टीलाई अहिले सहिद बेपत्ताको स्मृति दिवस सम्झने सम्म फुर्सद छैन । पार्टी पतन हुनु पछाडीको कारण खोज्न अन्त भौतारिनु आबश्यक छैन । सहिद बेपत्ताको दैलोमा कति टेक्छन जिम्मेवार नेताहरु ? के सहिद बेपत्ता परिवारले पार्टिको भर पाएका छन् ? के परिवारले आफ्नो सदस्यको योगदानमा गर्ब गर्न सकेका छन् ?
सरकारसग अपेक्षा
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले तेस्रोपटक प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई त्यो ठाउँमा पुर्याउन गोरेटो खन्ने योद्धाहरुको बारेमा उहाँ गम्भीर हुनैपर्छ । शान्ति प्रक्रियाको बाकी कार्यभारको रुपमा रहेको संक्रमणकालिन न्याय प्रक्रियाले मुर्तरुप पाउनेमा हामी यसपटक आशाबादी छौं । यो प्रक्रियालाई गिजोलेर कुनै पनि राजनितीक दलले आफ्नो राजनीतिक स्वार्थ पुरा नगरोस् । एककिसिमको सहमतिको सरकार बनेको अहिलेको अबस्थामा हामी हाम्रो परिवारको अबस्थाको थाहा चाहन्छौ ।
राजेन्द्र ढकालकी छोरी मञ्जिमा ढकालको फेसबुकबाट