२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

बिचार बिहिन बन्दै गरेका दलहरु

बिचार बिहिन बन्दै गरेका दलहरु
अ अ+ अ-

नेपालका राजनितिक दलहरुले आफ्नो दलले निश्चित विचारधाराको प्रतिनिधित्व गरेको दावी गर्ने गरेका भए पनि अधिकांश दलहरुमा विचारधारा नारामा मात्रै सिमित रहेको व्यवहारले प्रमाणित गर्दै आएको छ। ठुला दलहरु र खासगरी बामपंथी भनिने दलहरुमा विचारधारा भन्नेकुरा भाषणमा भन्ने र प्रकाशनमा लेख्ने कुरा मात्र हुन पुगेको देखिन्छ।

ठुला दलहरुमा नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई दलको विचारधाराको रुपमा उल्लेख गर्ने गरेको पाइन्छ भने नेकपा एमालेले बहुदलीय जनवादलाई दलको विचारधाराको रुपमा उल्लेख गर्छ।

माओबादी केन्द्र र एमाले एकीकृत रहेको अवस्थामा माओबादी नेताले पनि सिद्धान्तत: मदन भण्डारी र उनले अघि सारेको बहुदलीय जनवादको कुरा गर्ने गर्थे । त्यसभन्दा अघि माओबादी केन्द्रले एक्काइसौं शताब्दीको जनवाद भन्ने गर्थ्यो । नेकपा एमाले भन्ने नाममा रहेको एमाले शब्द "एकीकृत मार्क्सबादी लेनिनबादी" तिनोटा शब्दका शुरुका १/१ अक्षर बाट बनेको हुनाले त्यही एमालेको विचार हो भन्ने तर्क पनि गरिन्छ।

माओबादी केन्द्रको माओबाद शब्द पनि बिचारधाराकै प्रतिबिम्ब हो भन्ने तर्क पनि आउँछ। एमाले र माओबादी केन्द्र दुबैले सिद्धान्तत: बहुदलीय प्रणालीलाई स्विकार गरेको स्थिती समेत छ। नाममा रहेको कम्युनिष्ट शब्द पनि बिचारधाराकै प्रतिबिम्ब हो। यसरी हेर्दा एमालेको विचारधारा "बहुदलीय जनबादी मार्क्सबादी लेनिनबादी कम्युनिष्ट बिचारधारा " र माओवादी केन्द्रको बिचारधारा " २१ औं शताब्दीको जनबादी बहुदलीय माओबादी कम्युनिष्ट बिचारधारा" बन्न पुग्छ। यी दुबै दलले बेलाबखतमा समाजबादको कुरा पनि गर्छन् । यी दुबै दल सत्ताको राजनितिमा संलग्न रहेको अवस्थामा यी दुई दलका सरकारहरुले गरेका काम भने बिचारधाराको आधारमा नेपाली कांग्रेसका भन्दा यस यस कुरामा फरक छन भनेर छुट्ट्याउन मिल्ने अवस्था बनेन।

पछिल्लो समयमा नेपाली कांग्रेसले उदारबादी आर्थिक नितिलाई अंगालेको र समाजबादी अर्थनितिको कुरालाई गौण महत्व दिन थालेको देखिन्छ भने नेकपा एमाले र माओबादी केन्द्र पनि मुलरुपमा नेपाली कांग्रेसले अंगालेको अर्थनिति नै अंगालेर हिंडेको देखिन्छ। यस अर्थमा नेपालका दुई ठुला भनिने कम्युनिष्ट पार्टीमा ब्यबहारमा एक अर्कासंग र नेपाली कांग्रेससंग समेत आर्थिक बिचारधाराको हिसाबले उल्लेखनीय अन्तर देखिन छाडेको छ।

जनता समाजबादी दल र राष्ट्रिय जनता पार्टिले पनि ब्यबहारमा नेपाली कांग्रेसले अँगालेकै आर्थिक बिचारधारा अंगालेको पाइन्छ। राप्रपाले पनि उदारबादीअर्थनिती नै अंगाल्दै आएको छ। नेकपा माओबादीबाट अहिलेका वैद्य समूह र बिप्लव समूह समेत तात्कालीन माओबादी पार्टिमा एकीकृत रहेको अवस्थामा बनेको माओबादीको नेतृत्वमा बनेको सरकारले पनि बढी मात्रामा ब्यबहारमा उदारबादी अर्थनितिकै अवलम्बन गरेको थियो।

राष्ट्रिय जनमोर्चा अर्थात नेकपा मसालले पनि ब्यबहारमा नेकपा एमाले वा माओबादीको भन्दा फरक आर्थिक नितिको अवलम्बन गर्न सकेको वा खोजेको र अगाडि सार्न सकेको पाइदैन।

नेपालको संबिधानमा समाजवाद उन्मुख भन्ने शब्द परेको भए पनि त्यसको मुर्त परिभाषा रहेको छैन। बहुदलीय संघीय गणतन्त्रलाई संबिधानले अंगालेको राजनितिक बिचारधाराको रुपमा लिंदा उल्लिखित बामपन्थी दलहरु प्रत्येकको राजनितिक बिचारधारा पनि शब्दमा केही भिन्नता देखाउन खोजिएको भए पनि ब्यबहारमा नेपाली कांग्रेसकै बहुदलीय प्रजातन्त्र वा लोकतन्त्रको सेरोफेरोमा सिमित रहेको देखिन्छ। त्यसैले नेपालका राजनितिक दलहरु सबैमा र त्यसमा पनि नेपाल मजदुर किसान पार्टी जस्ता केही साना दल बाहेकका बामपंथी दलमा बैचारिक शुन्यताको अवस्था बिद्यमान छ।

त्यसैले नेपालका दलहरु र खासगरी ठुला बामपन्थी भनिने दलहरुले आफ्नो बिचारधारा स्पष्ट पार्न वा नेपाली कांग्रेसको विचारधारा र आफ्नो बिचारधारामा भिन्नता छैन भने त्यो कुरा समेत स्पष्ट पार्न जरुरी छ । अहिलेसम्म ब्यबहारमा सत्ता र शक्ती वा पद प्राप्तीको होड बाहेक अरु कुरामा बामपन्थी भनिने दलहरुको कुनै पृथक विचारधारा प्रतिको प्रतिबद्धता ब्यबहारमा देखिएको पाइदैन । त्यसैले आफुलाई कम्युनिष्ट भन्ने दलले आफ्नो राजनितिक सान्दर्भिकता र औचित्य गुमाउदै गएको आशंका उत्पन्न हुन थालेको जस्तो देखिन्छ। यस कुरामा यी दलहरुले तत्काल समीक्षा गर्न जरुरी छ।