२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदी र देउवाबीच टेलिफोन संवादः कोरोना खोप छिट्टै उपलब्ध गराउने आश्वासन



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ । 

नेपाली समकक्षी शेरबहादुर देउवासँग आज टेलिफोन संवाद गर्दै मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।

भारतले नेपाललाई १० लाख डोज अस्ट्राजेनेका खोप दिन बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गर्न सकेको छैन ।