५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा अनियन्त्रित ट्रक शवयात्रामा प्रवेश गर्दा १९ जनाको मृत्यु, २० घाइते



अ+ अ-

एजेन्सी । चीनको जियाङ्सी राज्यको नान्चाङ काउन्टीमा शनिबार ठूलो दुर्घटना भएको छ । नेपाली समय अनुसार राति १०ः४५ बजे यहाँ सडक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा बीस जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेहरूलाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो ।

अल जजिराको रिपोर्टका अनुसार केही व्यक्ति शव लिएर शवदाह गृहमा गइरहेका थिए । त्यसपछि एउटा ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । ट्रकका चालकले मानिसलाई किच्दै गए । जसका कारण शवयात्रामा सहभागी अधिकांश व्यक्तिको ज्यान गयो वा घाइते भए । घटनाको एक घण्टापछि प्रहरी घटनास्थल पुगेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कुहिरोका कारण ट्रक चालकले मानिसहरूलाई देख्न सकेनन् । दुर्घटनापछि ट्राफिक प्रहरीले सूचना जारी गरेको थियो । जसमा यात्रुहरूले फग लाइटमा ध्यान दिनुपर्ने, ढिलो र सुरक्षित रूपमा सवारी चलाउनु पर्ने, मानिसहरूले सडक परिवर्तन र ओभरटेक गर्नबाट जोगिनु पर्ने लगायतका जानकारी गराइएको छ ।




भर्खरै