२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सरकारलाई डा. केसीको प्रश्न– सरकारमा अपराधीको ठाउँ कहाँ हो ?

सरकारलाई डा. केसीको प्रश्न– सरकारमा अपराधीको ठाउँ कहाँ हो ?
अ अ+ अ-

काठमाडौँ । निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ ।

आईतवार महिला अधिकारकर्मीहरुले माईतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो रु लगायतका प्लोकार्ड बोकेर सांकेतिक बिरोध जनाएका थिए । बिरोध कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधिलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको बताउनु भयो ।

उहाँले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताउनु भयो । उहाँले देशमा अपराधिको स्थान कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गर्नुभयो । डा। केसीले राजनीति शुद्धिकरण हुनुपर्नेमा भ्रष्टिकरण र अपराधिकरण भइरहेको बताउनु भयो । उहाँले राजनीति अपराधिहरुले चलाउने ठाउँ भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कारबाही गर्ने भनेको १ वर्ष भइसक्यो तर अहिलेसम्म अनुसन्धानका लागि कठघरामा समेत लगिएको छैन । उल्टो टिकट दिएर सांसद बनाइएको छ । अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो ? पार्टीमा हो कि जेलमा हो ? अपहरण गरेर मार्ने देखेका मान्छेहरुले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्यो भन्दा बढी राजनीतिको भ्रष्टिकरण र अपराधिकरण अरु के हुन्छ । राजनीति शुद्धिकरण हुनुपर्छ । राजनीति भ्रष्टीकरण र अपराधिकरण गर्नेहरुको छ । चरमसीमामा गरिएको छ । राजनीति भनेको अपराधिहरुले चलाउने भएको छ ।’

बिरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताउनु भयो । उहाँले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले गरेको वाचा पूरा गरेको छैन । प्रतिवेदन बनायो, कार्यान्वयन भएन । दोस्रो चरणको आन्दोलन गर्दा अन्य अभियुक्तलाई समातियो तर मुख्य अभियुक्तलाई समातिएन । मुख्य अभियुक्तलाई सरकार र स्थानीय प्रहरीले नै समर्थन गरेको छ । जसकारण पीडकले सजाय पाउन सकेको छैन, पीडित मर्नुपरिरहेको छ । अनुसन्धानमा प्रहरीले समेत प्रभाव पारेको छ ।’

आन्दोलनकारी महिला अधिकारकर्मीहरुले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले आज (आईतवार) र्मातीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकारको खोजि गरेका थिए । अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता तथा पूर्वबदशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन ।