२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु



अ+ अ-

राजविराज । सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको स्थानीयवासी राहत अलिले बताउनुभयो । सोही गाउँका लक्ष्मीनारायण मठको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ  । 
 
राजविराज कारागारमा तीन गुणा कैदी

सप्तरीस्थित राजविराज कारागारमा क्षमता भन्दा तीन गुणा कैदीबन्दी रहेका छन् । एक सय २५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३६८ कैदीबन्दी रहेको जेलर सुमन कोइरालाले बताउनुभयो ।

राणाकालमै निर्माण गरिएको मुलुककै पुरानोमध्येको उक्त कारागार हो । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भरिएपछि कारागारलाई व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको जनाइएको छ । कारागार भवन पुरानो र अति जीर्ण हुनाका साथै क्षमता भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा पनि समस्या भइरहेको जेलर कोइरालाको भनाइ छ । रासस