२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को मुख्यमन्त्री बन्दै एमाले नेता कार्की



file photo
अ+ अ-

काठमाडौँ । प्रदेश १ मा सरकारको मुख्यमन्त्री दाबी गर्ने समयसीमा आज बेलुका ५ बजे सकिँदैछ । प्रदेशप्रमुख पर्शराम खापुङले प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आज बेलुका ५ बजेसम्मको समयसीमा दिनुभएको थियो ।

सत्ता साझेदारहरुले आजै नेकपा (एमाले) का हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको बताइएको छ । झापा निर्वाचन क्षेत्र नं ५(१) बाट निर्वाचित कार्की मुख्यमन्त्री बन्ने भएका छन् । उनी एमाले स्थायी कमिटी सदस्यसमेत हुन् ।

यसअघिको प्रदेश सरकारमा उनी आन्तरिकमामिला तथा कानूनमन्त्री थिए ।

सो प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिरहेको नेकपा (माओवादी केन्द्र) निकट नेताहरुले एमालेकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

यही पुस १७ गते प्रदेशप्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गर्नुभएको थियो ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा कुनै दलको पनि एकल बहुमत पुग्न नसकेकाले दुई वा दुईभन्दा बढी दलका सदस्यहरुको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।

एमालेको ४० र माओवादीको १३ सिटले सरकार बनाउन आवश्यक बहुमत (४७) सिट सजिलै पुग्ने अवस्था छ । केन्द्रीय गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ६ र जनता समाजवादी पार्टी (जसपा) को १ सिट थपिँदा सरकारलाई कुल ६० सिटको समर्थन प्राप्त हुनेछ ।

प्रदेश १ मा नेपाली कांग्रेसको २९ र नेकपा (एकीकृत समाजवादी) को ४ सिट छ ।




भर्खरै