• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

नवनियुक्त चिनियाँ राजदूत आज नेपाल आउँदै



नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ । (फाइल तस्वीर)

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ आज नेपाल आइपुग्ने नेपालस्थित चिनियाँ राजदूतावास स्राेतले जनाएको छ ।

राजदूत सोङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका उपमहानिर्देशकसमेत रहनु भएको थियो ।

विगत दुई महिनादेखि नेपालका लागि चिनियाँ राजदूत रिक्त रहेको छ। चार वर्षे कार्यकाल पूरा गरेर होउ यान्छी आसियानका लागि राजदूत नियुक्त भएपछि छन सोङ नेपालका लागि राजदूतमा नियुक्त हुनु भएको हो ।

नयाँ राजदूत छनको एग्रिमो नेपालले स्वीकृत गरिसकेकाले उहाँ जिम्मेवारी सम्हाल्न नेपाल आउन लाग्नु भएको हो ।

छनले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आउनु भएको छ ।