• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटालाई



पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।

खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई उपाधि जिताए । संकटाको यो दोस्रो आहा ! रारा पोखरा गोल्डकपको उपाधि हो ।

खेल अतिरिक्त समयमा जानुअघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए ।

खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २–१ को अवस्थामामा ल्याए । पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २–२ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले गोल गर्दै संकटालाई च्याम्पियन बनाए । उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाख हात पार्यो ।