काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई सचिवमा बढुवा गरेको हो । सिफारिस समितिले पोखरेलसहित अन्य दुई प्रमुख विशेषज्ञ डा. महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो ।