२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०।०२ विन्दुले घटेर ५६०.९४ मा पुगेको छ । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरिद बिक्री भए । 

कारोवार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूहको शेयर आज उल्लेख्य बिन्दुले बढेको छ । व्यापार उपसमूह १९६.०२ ले बढ्दा बैंकिङ १०.८४, निर्जीवन बीमा १०१.४४, उत्पादन ४१.२३, अन्य १६.८७, जीवन बीमा ५३.१५, सामूहिक लगानी कोष ०.१ र लगानी १।५९ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन १६.०४, विकास बैंक १८.३, जलविद्युत् १.५४, वित्त २९.७९ र लघुवित्त ४.४२ विन्दुले घटेको छ । 

सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ । कारोवारका आधारमा आज एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३५ करोड ४१ लाख ६६ हजार ४४ बराबरको कारोवार भयो । त्यस्तै नबिल बैंक रु ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बङ्गलादेश बैंक रु ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर रु ३० करोड ९६ लाख ८९ हजार २३० र सिनर्जी पावर रु २८ करोड ९९ हजार ९२ ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

कारोवारका आधारमा आज सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाए । 

नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए ।