२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

विश्वविद्यालयको पाठ्यक्रममा समावेशिताको विषय समावेश हुनुपर्ने

विश्वविद्यालयको पाठ्यक्रममा समावेशिताको विषय समावेश हुनुपर्ने
अ अ+ अ-

काठमाडौं । सञ्चार क्षेत्रका विज्ञ तथा प्राध्यापकले समावेशिताको विषयवस्तुलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित ‘विश्वविद्यालयको पत्रकारिता शिक्षामा समावेशिता’ विषयक अन्तरक्रियामा उहाँहरुले पत्रकारिता अध्ययन हुने विश्वविद्यालयको पाठ्यक्रमबारे अध्ययन÷/अनुसन्धान गरी नीतिगत सुधारसँगै समावेशिताको विषय वस्तुलाई समावेश गर्नुपर्ने धारणा राख्नुभयो । 

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागकाका प्रमुख चिरञ्जीवी खनालले त्रिविको पत्रकारितासम्बन्धी पाठ्यक्रममा समावेशिताबारे केही विषयवस्तु समावेश भए पनि पर्याप्त नभएको बताउनुभयो । उहाँले अनुसन्धान र छलफलका आधारमा पाठ्यक्रम समावेशी विषयलाई समावेश गर्न सकिने बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालय, पत्रकारिता विषयगत कमिटीका अध्यक्ष डा सुरेश आचार्यले पूर्वाञ्चल विश्वाविद्यालयको पत्रकारितासम्बन्धी समावेशी विषयलाई समावेश गर्न सकिने तर त्यसका लागि अनुसन्धान र आधार आवश्यक पर्ने बताउनुभयो ।  काठमाडौँ विश्वविद्यालय, मिडिया तथा भाषा अध्ययन विभागका विभागीय प्रमुख सुद्यांशु दाहालले आमसञ्चार माध्यममा सिमान्तकृत समुदायको विषय वस्तुको लागि त्यो समुदायको भौतिक सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । 

खुल्ला विश्वविद्यालय, पत्रकारिता विभागका संयोजक विकाश ढकाल, पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र मदन भण्डारी कलेजका प्राध्यापक भवानीश्वर गौतमले समयअनुसार पाठ्यक्रममा समावेशी विषयलाई समावेश गर्न जरुरी रहेको जोड दिनुभयो । अनुसन्धानकर्ता जेवी विश्वकर्माले पत्रकारिता क्षेत्र समाज सुधारको एउटा औजार भएको बताउँदै पत्रकारिता विषयको पाठ्यक्रमलाई नै समावेशी बनाउनुपर्छ भन्नुभयो । जागरणका अध्यक्ष कमला विश्वकर्माले विषयवस्तु र सहभागिताको हिसावले आमसञ्चार माध्यम समावेशी हुनुपर्ने बताउनुभयो ।