२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय



अ+ अ-

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज अपराह्न चार बजे सिंहदरवारमा बसेको बैठकले  प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

बढुवा सिफारिस समितिको केही दिनअघि बसेको बैठकले जेष्ठतातर्फ किरणराज शर्माको नाम मात्रै सिफारिस गरेको थियो भने कार्यसम्पादनतर्फ डा.रामप्रसाद घिमिरेसँगै दोस्रो नम्बरमा हरीप्रसाद मैनाली र तेस्रो नम्बरमा डिल्लीराज शर्माको नाम पनि सिफारिस गरेको थियो । उक्त सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा.रामप्रसाद घिमिरे सचिवमा बढुवा गरेको हो। 

त्यसैगरी प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सोमबार नै बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेलसँगै दोस्रो नम्बरमा डा. दिपेन्द्ररमण सिंह र तेस्रो नम्बरमा महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।