२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

वाग्मतीका मुख्यमन्त्री पौडेल बिजुक्छें निवासमा, के भयो कुराकानी ?

वाग्मतीका मुख्यमन्त्री पौडेल बिजुक्छें निवासमा, के भयो कुराकानी ?
अ अ+ अ-

भादगाउँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच आज साँझ कमलविनायकस्थित बिजुक्छें निवासमा भेटवार्ता भएको छ । 

सो अवसरमा अध्यक्ष बिजुक्छेँले आफ्नो क्षेत्रको विकासका लागि प्रदेश सरकारले स्पष्ट योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेमकिपाले निरन्तर जोड दिँदै आएको बताउँदै स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन, आफ्नै भरमा विकास गर्नुपर्छ ।”

अध्यक्ष बिजुक्छेंले वाम पक्षधरहरु निर्वाचित भएका प्रदेश र स्थानीय तहहरुमा इमानदारीपूर्वक काम हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार रोक्न सके धेरै काम हुने र जनताले पनि सुख पाउने बताउनुभयो ।

भेटमा मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउँदै आफू स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा प्रदेश सरकारको ध्यान नपुगेको स्वीकार गर्दै स्वास्थ्य क्षेत्रमा भक्तपुर नपालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँहरुबीच देशको परिवर्तित राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल भएको बताइएको छ । भेटवार्तामा वाग्मती प्रदेशमा नेमकिपाबाट निर्वाचित सदस्य सुरेन्द्रराज गोसाइँ र सृजना सैँजु तथा नेकपा एमालेका प्रदेशसभा सदस्य दीपक निरौला, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको पनि सहभागिता थियो ।

मुख्यमन्त्री पौडेलले बिजुक्छेंसँग भेटवार्ता गर्नुअघि भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक सङ्घसंस्था, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड वार्डको अवलोकन गर्नुभएको थियो । यसैगरी मुख्यमन्त्री पौडेलले भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिसँग पनि छलफल गर्नुभएको थियो ।