२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरका संस्थापक अध्यक्षको निधनमा एमालेद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले बुद्ध एयरको स्थापना गरेर नेपालको हवाई सेवामा निजी क्षेत्रको प्रवेश, विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका व्यवसायी सुरेन्द्रबहादुर बस्नेतको निधनमा दुःख व्यक्त गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उहाँको परिवारलाई समवेदना सन्देश पठाई स्व. बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पणका साथै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले स्व। बस्नेतको परिवारलाई भेट्नु भई अध्यक्षको सन्देश हस्तान्तरण गर्नुभएको छ । साथै, उहाँका छोरा वीरेन्द्रबहादुर बस्नेत लगायत शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीको सन्देशमा बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतले नेपालको हवाई सेवामा पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको उल्लेख छ । साथै, सरकारी सेवा तथा निजी व्यावसायिक क्षेत्रबाट उहाँले देशका लागि गर्नुभएका काम अनुशरणीय रहेको पनि अध्यक्ष ओलीको सन्देशमा उल्लेख गरिएको छ ।

भोजपुरको दिङ्लास्थित साल्मामा जन्मनुभएका सुरेन्द्रबहादुर बस्नेतले सर्वोच्च अदालतको न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, प्रेस काउन्सिल नेपालको अध्यक्ष लगायत विभिन्न भूमिकामा रहेर राष्ट्रसेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको यही पुस १० गते निधन भएको हो ।