३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्वीटरबाट २० करोड प्रयोगकर्ताको इमेल ‘लीक’



अ+ अ-

एजेन्सी । यदि तपाईँ ट्वीटर प्रयोग गर्नुहुन्छ भने, यो खबर तपाइँको लागि रहेको छ । बिहीबार ट्वीटरबाट २० करोडभन्दा बढी प्रयोगकर्ताको इमेल ठेगाना चोरी भएको छ ।

यो जानकारी इजरायलको साइबर सेक्युरिटी कम्पनी हडसन रकले दिएको हो । कम्पनीका सह–संस्थापक एलन गालका अनुसार यो डाटा अनलाइन ह्याकिङ फोरममा पोस्ट गरिएको छ । हाल ट्वीटरले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

गालले यस डाटा लिकबाट ह्याकिङ, टारगेट फिसिङ र डक्सिङ निम्त्याउने समेत बताए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी भएको उनको भनाइ छ ।

उल्लङ्घन–सूचना साइट ह्याभ आई बीन पोन्डले धेरै ट्विटर प्रयोगकर्ताहरूलाई इमेल सूचनाहरू पठाएको छ । यी सबै इमेल ठेगानाहरू लीक भएका छन् । यसको स्क्रिनसट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सूचनामा भनिएको छ– ‘तपाईको इमेल ठेगाना खुलासा भएको छ । हामी यसलाई समाधान गर्न सुझाव दिन्छौं ।’