२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु



अ+ अ-

पाल्पा।पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

दुर्घटनामा १८ जना घाईते भएका छन् । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको दुर्घटनामा ६ जना महिलाहरुको ज्यान गएको हो । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस खुसार्ने निर गएराती १० वते तिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनु भयो ।

मृतक एकजानको पहिचान भएको छैन । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनु भयो । दुर्घटनाका घाईते १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले जानकारी दिनुभयो ।




भर्खरै