२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

पुम्दिकोटको विशाल शिव मूर्ति उत्कृष्ट गन्तव्य: प्रदेश प्रमुख पौडेल

पुम्दिकोटको विशाल शिव मूर्ति उत्कृष्ट गन्तव्य: प्रदेश प्रमुख पौडेल
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताउनुभएको छ । साउनको पहिलो सोमबार शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य रहेको र विशाल शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गर्ने बताउनुभएको हो ।

उहाँले नेपाल प्राकृतिक, सांस्कृतिक एवं धार्मिकरूपमा धनी रहेकाले यसको विकास र संरक्षणमा ध्यान दिन सके अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका कारण धेरै मानिसले शान्त र आध्यात्मिक ठाउँहरुको खोजिरहेको जनाउँदै उहाँले कोरोना कम हुँदै गएपछि यस क्षेत्र धार्मिक एवं अन्य पर्यटकका लागि रोजाइमा पर्ने बताउनुभयो ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं परिकल्पनाकार चन्द्रकान्त बरालले सो मूर्तिका बारेमा प्रदेश प्रमुखलाई विस्तृत जानकारी गराउनुभएको थियो । बरालका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमीनलाई ३० वर्षका लागि भोगाधिकार लिएर मूर्ति निर्माण गरिएको हो । नेपालकै अग्लो दाबी गरिएको सो शिव मूर्ति रु ४० करोड लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । करिब ४० प्रतिशत निर्माण सम्पन्न भएको सो कार्यका लागि हालसम्म रु २० करोड खर्च भइसकेको छ ।

हिलट्याङ्क प्रालिका प्रबन्ध निर्देशक कमल जैनले सो शिवको मूर्ति प्रदान गर्नुभएको । भारतको मथुराबाट ल्याइएको सो मूर्ति बाहिर फाइबर र भित्र स्टिलबाट निर्माण गरिएको छ । पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास अध्यक्ष बरालको छ ।

सङ्घ सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकालगायत विभिन्न व्यक्ति र संस्थाले आर्थिक सहयोग गरेको बरालले जानकारी दिनुभयो । समितिले मूर्ति निर्माणका लागि विसं २०७३ मा महायज्ञ लगाएर रु छ करोडभन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । मूर्ति पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइए पनि अर्थाभाव र कोरोनाका कारण निर्माण केही ढिला हुन पुगेको उहाँको भनाइ छ । अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगबाट आसपासको जङ्गलका जङ्गली जनावरको गतिविधिलाई समेत नियाल्न सकिने छ । शिवको बृहत् चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायतका संरचना निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

पुम्दीकोट धार्मिकरूपमा समेत शक्तिपीठ भएको जनाउँदै शिवमूर्ति निर्माणले यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्दै लैजाने उक्त वडाका अध्यक्ष मित्रलाल बरालले जानकारी दिनुभयो  । बरालका अनुसार पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको सो स्थानबाट हिमशृङ्खला फेवाताललगायतका मनोरम दृश्य देख्न सकिन्छ ।