• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

म्यान्चेस्टर सिटीद्वारा चेल्सी पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले चेल्सीलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

म्यान्चेस्टर सिटीको जितमा एकमात्र निर्णायक गोल खेलको ६३ औं मिनेटमा रियाद माहरेजले गरे ।

जितसँगै सिटी १७ खेलबाट ३९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित चेल्सी समान खेलबाट २५ अंकसहित १० औं स्थानमा रहेको छ ।