२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

मुख्यमन्त्री पोखरेलद्वारा नगरपालिका भवन उद्घाटन

मुख्यमन्त्री पोखरेलद्वारा नगरपालिका भवन उद्घाटन
अ अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको छ । मध्यविन्दु–७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको सोमबार उद्घाटन भएसँगै सोही भवनबाट केही विषयगत शाखाहरुको काम शुरु गरिएको छ ।
 
सो अवसरमा मुख्यमन्त्री पोखरेलले नयाँ प्रशासनिक भवनबाट काम शुरु भएपछि नगरवासीलाई प्रदान गरिने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिनुभयो । कार्यालयबाट हुने कार्यसम्पादनबाट सेवाग्राहीको सन्तुष्टि, सेवा प्रवाहमा सेवाग्राहीको धारणा, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सबै पक्षलाई सही ढङ्गबाट अगाडि बढाउनुपर्नेमा पोखरेलले जोड दिनुभयो । कोभिड–१९ का कारण उत्पन्न भएको परिस्थिति, सरकार गठनको अवस्थालगायतका कारण चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा जिल्लामा विकास निर्माणका केही विषय छुटेका भए पनि ती विषयलाई आफूले सम्बोधन गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाउनुभयो ।

गत असार १ गतेदेखि आएको बाढीपहिराले पुर्याएको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारको तर्फबाट नगरपालिकालाई रु पाँच लाख सहयोग गरिएको भन्दै पोखरेलले स्थानीयवासीसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारले पीडितलाई राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरणलगायतका काम गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख चन्द्रबहादुर रानाले नगरको समग्र विकासमा मुख्यमन्त्री पोखरेलको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले मध्यविन्दुलाई विकास गर्न नगरले तयार गरेको गुरुयोजनासमेत मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त प्रतिवेदनमा रहेका विषयको सम्बोधन गर्न उहाँले मुख्यमन्त्रीसँग मागसमेत गर्नुभएको छ । केही वस्तुगत शाखाको काम नयाँ भवनबाट शुरु गरिएको भए पनि पूर्णरूपमा सञ्चालनका लागि अझ केही समय लाग्ने नगरप्रमुख रानाले बताउनुभयो । 

कार्यालय व्यवस्थापनका लागि फर्निचर खरिदको ठेक्का प्रक्रियामा रहेको भन्दै रानाले फर्निचर खरिद भएपछि नगरपालिकाको सबै सेवा उक्त भवनबाट शुरु हुने बताउनुभयो । मध्यविन्दु नगरपालिका निर्माण भएसँगै विसं २०७३ मा नै नयाँ भवन निर्माणका लागि शिलान्यास भएर काम अगाडि बढेको थियो । दुई चरणमा भएको ठेक्का सम्झौतामार्फत भवन निर्माण सम्पन्न गरिएको हो । पाँच करोडमा भवन निर्माण

आव २०७४/७५ मा कैलाश एण्ड कम्पनीसँग रु एक करोड २० लाख लागत सम्झौतामा भवन निर्माणको काम भएको थियो । पुनः विसं २०७५ फागुन २२ गते बिरुवा कामाख्य उपमा जेभीसँग रु तीन करोड ८१ लाख ७९ हजार ९३१ मा निर्माण सम्झौता गरी ठेकेदार कम्पनीले विसं २०७७ माघ २२ गते नगरपालिकालाई भवन हस्तान्तरण गरेको सूचना अधिकारी सुमनराज रेग्मीले जानकारी दिनुभयो । दुई चरणमा गरेर रु पाँच करोड दुई लाख लागतमा भवन निर्माण सम्पन्न भएको रेग्मीले बताउनुभयो । 

मध्यविन्दु नगरपालिकाको नयाँ प्रशासनिक भवनसँगै सुविधासम्पन्न सभाहलसमेत निर्माण गरिएको छ । नगरपालिकाले पूर्णरूपमा नयाँ भवनबाट काम शुरु गरेपछि अहिले कार्यालय रहेको भवनलाई कर्मचारी आवास गृहका रूपमा सञ्चालन गर्ने योजना रहेको नगरप्रमुख रानाले बताउनुभयो ।