४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरु समेट्ने गृहमन्त्रीको भनाइ



file
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा जनमतलाई कदर गर्ने बताउनुभएको छ । उहाँले सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको र त्यसलाई छिट्टै सार्वजनिक गरिने जानकारी दिनुभयो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले जनमतअनुसार सरकार बनेको उल्लेख गर्नुभयो । “हामी नयाँ दलले पनि सरकार चलाउन सक्ने अवस्था थिएन, सम्माननीय प्रधानमन्त्रीको दलले नै एकलै सरकार चलाउन सक्यो, न त एमाले एक्लैले चलाउन सक्छ ।”

आफूहरु सरकारमा किन जोडियौँ भन्ने कुरा न्यूनतम साझा कार्यक्रमले जवाफ दिने उहाँले बताउनुभयो ।