२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

खाबी लेमः कसरी एक मजदुर टिकटकमा अत्यधिक चर्चित बने ?

खाबी लेमः कसरी एक मजदुर टिकटकमा अत्यधिक चर्चित बने ?
अ अ+ अ-

एजेन्सी । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा चार्ली डी'अमेलियोपछि दोस्रो स्थानमा छन्।

उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन्।

धेरैले लेमले अमेरिकी नृत्याङ्गना डी'अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन्।

डीुअमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्‍याउने पहिलो व्यक्ति हुन्। उनको अहिले एक अर्ब २० करोडभन्दा बढी फलोअर छन्।

लेम को हुन् र किन यति चर्चित छन् त ?

खाबी लेम को हुन् ?
खाबाने लेम पश्चिम अफ्रिकाको सेनेगलमा जन्मिएका हुन्। उनी २१ वर्षका भए।

अहिले इटलीमा बस्छन्।

एउटा कारखानामा मजदुरका रूपमा काम गर्ने उनले कोभिड महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए।

उनी रमाइला भिडिओहरू बनाएर अन्य मानिसले कसरी सहजै हुने कुरालाई बिनाकारण जटिल बनाएका छन् भनेर देखाउँछन्।

तर भिडिओमा उनी बोल्दैनन्।

उनका अनुसार उनको अनुहारको नाटकीय भावभङ्गि देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन।

लेम फुटबल खुब हेर्छन् र कतिपय भिडिओमा फुटबल जर्सी लगाउँछन्।

उनको मन पर्ने टोली युभेन्ट्स हो।

आफू चलचित्रकर्मी इडी मर्फी र विल स्मिथबाट उत्प्रेरित भएको उनको भनाइ छ।

के टिकटकमा उनी सबैभन्दा चर्चित बन्छन् त ?

डीुअमेलियो लामो समयदेखि टिकटकमा पहिलो स्थानमा छिन् तर लेमले छिट्टै नै उनलाई उछिन्न सक्ने सङ्केत देखा परेको छ।

गत ३० दिनमा लेमका फलोअर दुई करोड १९ लाखले बढेको सोशल ब्लेड नामक वेबसाइटले जनाएको छ।

सो अवधिमा डीुअमेलियोका फलोअर २६ लाख मात्रै बढे। (बीबीसी)