२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।