२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

कोभिड भारतः महामारीका बेला अतिरिक्त मृत्यु ४० लाख नाघेको एउटा अध्ययनको निष्कर्ष

कोभिड भारतः महामारीका बेला अतिरिक्त मृत्यु ४० लाख नाघेको एउटा अध्ययनको निष्कर्ष
अ अ+ अ-

एजेन्सी । भारतमा कोभिड-१९ महामारीका कारण अतिरिक्त मृत्युको सङ्ख्या ४० लाख नाघेको एउटा नयाँ अध्ययनले देखाएको छ।

विगतका वर्षको तथ्याङ्कसँग तुलना गर्दा मृत्यु हुनेको अनुमानित सङ्ख्याभन्दा बढी मृत्युलाई अतिरिक्त मृत्युबाट मापन गरिन्छ।

कोभिड(१९ कै कारण उक्त सङ्ख्यामा समाविष्ट कति जनाको मृत्यु भएको हो त्यो भन्न कठिन भए पनि अतिरिक्त मृत्युले महामारीको समग्र प्रभाव देखाउँछ।

भारतमा कोभिडका कारण अहिलेसम्म चार लाख १४ हार जनाभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

ठूलो अर्थतन्त्र भए पनि भारतले यो महामारीका बेला अतिरिक्त मृत्युको लगत राखेको छैन।

अमेरिकास्थित सेन्टर फर ग्लोबल डिभेलप्मन्टका अध्ययनकर्ताहरूले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको तथ्याङ्क सङ्कलन गरेर भारतमा सबै कारणले भएका अतिरिक्त मृत्युको अनुमानित सङ्ख्या गणना गरेका थिए।

उनीहरूले भारतको आधा जनसङ्ख्या भएका सातवटा राज्यमा पञ्जीकृत मृत्युको तथ्याङ्क केलाएका थिए।

भारतमा प्रत्येक वर्ष मृत्युदरसम्बन्धी सर्वेक्षण हुन्छ। तर सन् २०१९ सम्मको परिणाम मात्र प्रकाशित छ।

अध्ययनकर्ताहरूले देशभरि गरिएका दुईवटा एन्टिबडी परीक्षण अर्थात् सीरो सर्वेक्षणको तथ्याङ्कमा विशेष उमेर समूहमा सङ्क्रमणबाट हुने मृत्युदरको अन्तर्राष्ट्रिय लगत प्रयोग गरेर तुलना गरेका थिए।

उनीहरूले एक लाख ७७ हजार परिवारका आठ लाख ६८ हजार व्यक्ति सहभागी भारतको उपभोक्ता सर्वेक्षणको परिणाम पनि हेरेका थिए।

त्यसमा विगत चार महिनामा ती परिवारमा कसैको मृत्यु भएको भए त्यसको अभिलेख थियो।

यी सबै कुराको अध्ययन गरेर अनुसन्धानकर्ताहरूले भारतमा ३४ लाखदेखि ४७ लाख अतिरिक्त मृत्यु भएको पत्ता लगाए।

यो सङ्ख्या भारत सरकारले सार्वजनिक गरेको कोभिडका कारण मृत्यु भएका मानिसको कुल सङ्ख्याभन्दा १० गुना बढी छ।

यो सङ्ख्या सङ्क्रामक रोगविज्ञहरूले गरेको अनुमानभन्दा पनि बढी छ। उनीहरूले भारतमा कोभिड महामारीका बेला पाँचदेखि सातगुना बढी अतिरिक्त मृत्यु भएको अनुमान गरेका थिए।

यसको अर्थ के हो ?
तर भारतका भूतपूर्व आर्थिक सल्लाहकार अरविन्द सुब्रमण्यनका अनुसार सबै अतिरिक्त मृत्यु कोभिड-१९ का कारण भने भएको हैन अनि कोभिड रोगका कारण भएको मृत्युको वास्तविक सङ्ख्या दिन कठिन छ।

महामारीमा मृत्यु हुने मानिसको तथ्याङ्क अस्पष्ट भए पनि अध्ययनकर्ताहरूले धेरै सीरो सर्वेक्षणका आधारमा मृत्युको सरदर सङ्ख्या पत्ता लगाउन खोजेका छन्।

उनीहरूले भारतमा सङ्क्रमणको सङ्ख्या तथा कोभिड हुँदा मृत्यु हुने सम्भाव्यताबारे अन्तर्राष्ट्रिय अध्ययनको लगत मिलाएर विवेचना गरेका थिए।

कोरोनाभाइरस सङ्क्रमण हुँदा विशेष उमेर समूहमा भएको मृत्युदरको अन्तर्राष्ट्रिय लगत प्रयोग गर्दै भारतमा प्रत्येक उमेर समूहमा त्यस्तो अध्ययन गरिएको थियो।

उक्त तथ्याङ्कले भारतमा ४० लाख जनाको महामारीका बेला मृत्यु भएको देखाएको डा, सुब्रमण्यनले बताए।

'तीमध्ये दुईवटा लगतले कोभिडका कारण भएको मृत्यु नभई सबै कारणले हुने मृत्यु मापन गर्छन्। हाम्रो दोस्रो लगत कोभिडका कारण भएको ९वास्तविक० मृत्युको सङ्ख्यासँग अलिक नजिक छ। तर यो तिनमध्ये एउटा लगत मात्र हो,' उनले भने।

उक्त अध्ययनमा संलग्न सेन्टर फर ग्लोबल डिभेलप्मन्टका जस्टिन स्यान्डेफर र हार्भर्ड यूनिमर्सिटीका अभिषेक आनन्दका अनुसार गत वर्ष फैलिएको कोरोनाभाइरस महामारीको पहिलो लहर बढी घातक थियो।

अनुसन्धानकर्ताका अनुसार भारतमा कोभिड महामारीका बेला आधिकारिक तथ्याङ्कले देखाउनेभन्दा अत्यधिक सङ्ख्यामा मानिसहरूको मृत्यु भएको बुझ्नुपर्छ।

'मृत्युको वास्तविक सङ्ख्या सम्भवतः दशौँ लाखमा छ, सय वा हजारमा हैन। त्यसैले यो भारतमा विभाजन र स्वतन्त्रतापछिको सबैभन्दा ठूलो मानवीय क्षति हो,' उनीहरूले भने। (बीबीसीबाट साभार)