२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ करोडको विद्युत बक्यौता तिर्न युनाइटेड सिमेन्टलाई अदालतको आदेश



युनाइटेड सिमेन्ट उद्योग
अ+ अ-

धादिङ । धादिङको धुनीवेँसी नगरपालिका- ९ जुगेडीमा रहेको युनाइटेड सिमेन्ट उद्योगलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रूपैंया विद्युत बक्यौता तिर्न जिल्ला अदालत धादिङले आदेशसहितको फैसला सुनाएको छ ।

न्यायधीश स्वीकृति पराजुलीको इजलासले विद्युत खपत गरेबापत नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने रकम भुक्तानी गर्न युनाइटेड सिमेन्टलाई आदेश दिएको हो ।

युनाइटेड सिमेन्ट उद्योगलाई अदालतले ठहर गरेको महशुलमा २५ प्रतिशत थप जरिबाना लाग्ने विद्युत प्राधिकरण धादिङले बताएको छ। थप जरिबानासहित युनाइटेड सिमेन्टले प्राधिकरणलाई बुझाउनुपर्ने रकम २० करोड २४ लाख २७ हजार तीन सय ७४ रूपैयाँ पुगेको छ ।

२०७३ भदौदेखि २०७५ चैतसम्म ट्रंक लाइन तथा डेडिकेटेड महसुल चुक्ता गर्न प्राधिकरणले ताकेता दिईरहेपनि यूनाईटेडले छुटको दाबी गरिरहेको थियो । उद्योगले २०७६ पुस ८ गते बक्यौता महशुल छुट दाबीको मागसहित धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।सोहि मुद्दा सोमबार फैसला गर्दै धादिङ अदालतले युनाइटेड सिमेन्टले बक्यौता महसुल तिर्नुपर्ने ठहर गरेको हो ।

लोडसेडिङको बेला ट्रंक लाइनबाट जोडिएको विद्युत महसुल छुट पाउनुपर्ने भन्दै उद्योगले अदालतसमक्ष माग गरेको थियो ।