• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध

कानुन व्यवसायीहरुको शीर झुक्ने काम मबाट हुने छैन– महान्यायाधिवक्ता पोखरेल



काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानुन व्यवसायीहरुको शीर झुक्ने नदिने गरी आफूले कार्य सम्पादन गर्ने बताउनु भएको छ ।

महान्यायाधिवक्ता पोखरेलले आफू भागेर, लुकेर हिँडने गरी काम गर्ने पक्षमा नरहेको पनि पटकपटक दोहोर्याउनु भयो । सर्वोच्च अदालत बार एशोसिएशनले बुधबार आफूलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो बल, बुद्धि र विवेक न्याय क्षेत्रको गरिमा बढाउन केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

महान्यायाधिवक्ता पोखरेलले न्याय क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि आफू कानुन व्यवसायीहरुसँग छलफल गरेर आवश्यक निर्णय लिन तत्पर रहेको समेत बताउनु भयो । आफूले कार्य सम्पादन सूरु मात्रै गरेकाले अहिले नै ओभर स्मार्ट हुने कुरा घातक हुने भन्दै उहाँले सबैसँग बुझेर अघि बढने बताउनु भयो ।

महान्यायाधिवक्ता पोखरेलले भन्नु भयो, ‘म यतिमात्रै निवेदन गर्न चाहन्छु–मेरो बलबुत्ता, बुद्धि, विवेकले भ्याएसम्म कानुन व्यवसायीको शीर झुक्ने किसिमको काम मबाट हुने छैन भन्ने कुरामा मलाई आत्म विश्वास छ । भवितव्यले तलमाथि पारेछ भने त्यतिबेल यहाँहरुसँग बसेर परिस्थितिको बारेमा छलफल गर्न म ओपन भएर आउनेछु । शीर लुकाएर, अनि त्यसपछि भागेर लुरुक्क परेर हिँडने वातावरण कम्तिमा हुनेछैन भन्ने कुराको प्रतिवद्धता जनाउनु चाहन्छु ।’

‘म महिले विचार दिने परिपक्व अवस्थामा पनि छैन । गर्नुपनि हुँदैन । किनभने ओभरस्मार्ट देखिनु भनेको संस्थाका लागि घातक हुन्छ । म यति निवेदन के गर्न चाहन्छु भने–ती समस्याहरुको समाधानको बारेमा बारेमा यहाँहरुले देखेको दृष्टिकोण के हो रु एउटा अन्तरक्रिया राख्नुस् । मपनि आउँछु । त्यसमा समयसीमासहितको छलफल गरेर त्यसको नेतृत्व लिन म जतिबेला पनि तत्पर रहन्छु ।’

महान्यायाधिवक्ता पोखरेलले न्यायमा सबैको पहुँच पु¥याउने कामलाई तीव्रता दिने आफ्नो कार्ययोजना रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लयर्स एकेडेमी स्थापना गर्न, नेपाल बारको आफ्नै भवन निर्माणका लागि पहल गरिदिन महान्यायाधिवक्ता पोखरेलसँग आग्रह गर्नु भएको थियो । उहाँले कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि पनि अति आवश्यक भएकाले आफूहरुले लयर्स एकेडेमी स्थापना गर्ने कार्यलाई जोड दिएको समेत स्पष्ट पार्नु भयो ।

अध्यक्ष पोखरेलले बार काउन्सिल विधेयक पारित गराउन पनि महान्यायाधिवक्ताको कार्यालयले ध्यान दिनुपर्ने बताउनु भयो ।