२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेको छ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

यसअघि हिजो बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको थियो ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने , राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।

उहाँहरुबीच सरकारको प्रभावकारिता, न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो । गत विहीबार बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न एमाले अध्यक्ष ओलीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँ विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपालको संविधानको धारा ७६ उपधारा ९२० बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।