१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालको माधव नेपालसँग आग्रह – मलाई विश्वासको मत दिनुस्



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को दल कार्यालयमा भएको दुई शीर्ष नेताबीचको भेटमा प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई सरकारलाई विश्वासको मत प्रदान दिन आग्रह गर्नुभएको हो ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै ठोस निर्णय लिन सकेको छैन । भेट हुनुअघि अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए गरिसक्ने प्रतिक्रिया दिनु भएको थियो । प्रधानमन्त्री दाहालले यही २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।