• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

प्रधानमन्त्रीको निर्देशनपछि चालुपूँजी कर्जा मार्गदर्शन संशोधन गर्न राष्ट्र बैंक सहमत



काठमाडौँ । नेपाल राष्ट्र बैंक चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गर्न सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि केन्द्रीय बैंक वित्तीय अनुशासन र स्थायित्व कायम गर्ने भनिएको उक्त मार्गदर्शन संशोधन गर्न सहमत भएको हो ।

अब केन्द्रीय बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक कारोबारका आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वनयनमा ल्याउने छैन । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि मार्गदर्शन संशोधन गर्नुभएको हो ।

लामो गृहकार्यपछि गत भदौ ७ गते नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन,२०७९ जारी गरेको थियो । यद्यपि बैंकले २०७८ पुस १० गते नै ३५ दिनभित्र राय सुझाव पेश गर्न भन्दै यसको मस्यौदा सार्वजनिक गरेको थियो । सात महिनापछि जारी गरेको उक्त मार्गदर्शन कात्तिक १ गते कार्यान्वयनमा ल्याइएको थियो ।

संशोधन भएको मार्गदर्शनमा चालु पूँजीले दिएको सीमाभन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमाभित्र ल्याउन २ वर्षको समय दिने व्यवस्था गरिएको छ । मार्गदर्शन संशोधनबारे राष्ट्र बैंकले बुधबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ ।