९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको निर्देशनपछि चालुपूँजी कर्जा मार्गदर्शन संशोधन गर्न राष्ट्र बैंक सहमत



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंक चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गर्न सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि केन्द्रीय बैंक वित्तीय अनुशासन र स्थायित्व कायम गर्ने भनिएको उक्त मार्गदर्शन संशोधन गर्न सहमत भएको हो ।

अब केन्द्रीय बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक कारोबारका आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वनयनमा ल्याउने छैन । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि मार्गदर्शन संशोधन गर्नुभएको हो ।

लामो गृहकार्यपछि गत भदौ ७ गते नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन,२०७९ जारी गरेको थियो । यद्यपि बैंकले २०७८ पुस १० गते नै ३५ दिनभित्र राय सुझाव पेश गर्न भन्दै यसको मस्यौदा सार्वजनिक गरेको थियो । सात महिनापछि जारी गरेको उक्त मार्गदर्शन कात्तिक १ गते कार्यान्वयनमा ल्याइएको थियो ।

संशोधन भएको मार्गदर्शनमा चालु पूँजीले दिएको सीमाभन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमाभित्र ल्याउन २ वर्षको समय दिने व्यवस्था गरिएको छ । मार्गदर्शन संशोधनबारे राष्ट्र बैंकले बुधबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ ।