१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै पार्टी नेता कार्यकर्ताका कारण राष्ट्रिय पार्टी बन्न सकेन: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नै नेता कार्यकर्ताहरुका कारण पार्टी राष्ट्रिय पार्टी बन्न नसकेको बताउनुभएको छ ।

युवा संघ नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले यद्यपि पार्टीले थ्रेसहोल्ड नकटाए पनि कुनै फरक नपर्ने बताउनुभयो ।

जनताको मत पार्टीको पक्षमा भए पनि पार्टीकै नेता कार्यकर्ताहरुले पार्टीको पक्षमा मत नहालेको उहाँको भनाइ थियो । “हामी आफ्नै कमजोरीले मत बाकसमा खसाल्न सकेनौँ, हाम्रै नेता कार्यकर्ताका कारण हामीले ३ प्रतिशत मत कटाउन सकेनौँ”, उहाँले भन्नुभयो ।

थ्रेसहोल्ड नकटाए पनि हामीलाई केही छैन भन्दै अध्यक्ष नेपालले भन्नुभयो, “थ्रेसहोल्ड पार गरेको भए हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइजहाज दिन्थ्यो कि रु केही दिनेवाला थिए । पार्टी अफिस वा रकम दिने भन्ने पनि केही कुरा छैन ।”

राष्ट्रिय पार्टी नबने पनि पार्टीका सांसदहरुलाई ह्विप लाग्ने उहाँको भनाइ थियो । उहाँले पार्टीका नेता कार्यकर्ता एकजुट भएर लागेको भए २५ सिटको आसपास पुग्न सक्ने देखिएको उहाँले बताउनुभयो ।

“कतिपय देशमा त्यस्तो छ । सीटको आधारमा सरकारले नै रकम दिने व्यवस्था छ । तर, हामीकहाँ त्यो छैन । दर्ता भएको पार्टी भएकाले आफ्नो पार्टीका सांसदहरूलाई ह्वीप लाग्छ”, उहाँले भन्नुभयो । पहिला पनि त्यो नजिर स्थापित भइसकेको उल्लेख गर्दै उहाँले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।