२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

उद्योगी व्यवसायीहरुलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने (भिडियोसहित)

उद्योगी व्यवसायीहरुलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरेपनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनुभएको हो । उहाँले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनैपनि काममा नचुक्ने प्रतिवद्धतासमेत जनाउनु भयो ।

गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेपनि बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने बताउनु भयो । उहाँले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्नेपनि आश्वासन दिनुभयो ।

उहाँले उद्योगी व्यवसायीहरुले सही ढङ्गले स्वच्छ प्रतिष्र्पधा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नती हुने बताउनु भयो । उहाँले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताउनु भयो । उहाँले कानूनभन्दा बाहिर रहेर काम गर्नेहरुको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने बताउनु भयो । उहाँले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्ने भन्दै त्यसको लागि उद्योगी व्यवसायीहरुले दुर्गन्ध सहन तयार हुनुपर्ने बताउनु भयो । उहाँले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानूनीको परिधि भित्र रहेर काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्युले ठूलो रकम देखाउनुभएको छ । आफैँमा मेरा लागि चुनौतिको विषय छ र हाम्रो कार्य कुशलतामा निर्भर हुने भएको हुनाले कालोबजारी चोरी पठारी प्राथमिकतामा पर्छन् । निर्धक हुनुस् । हिजोको जस्तो अवस्था रहँदैन । सुरक्षा निकाय अहिले जुन पूर्वाधार र मनोवलमा कमी छ । हामीले मोटिभेट गर्नसकेका छैनौं । यहाँ भित्र पनि चलखेल र राजनीतिक दबाब धेरै भएको हुनाले त्यहाँ हामीले राजनीतिक हस्तक्षेप गर्दैनौं भनेका छौं । प्रमुख जिल्ला अधिकारीहरुलाई कुनैपनि अपराध,कालोबजारी नियन्त्रणका विषयमा कुनैपनि राजनीतिक दलहरुको दबाब आए कारबाही पर्नेछन् । त्यस्तो रेकर्ड भयो भने कसैले फोन गरेर यो मान्छे,सामान छुटाइदिनुस् भन्यो भने त्यसलाई कारबाही गर्ने कानूनी प्रावधान रहेको छ । यहाँहरु पनि सचेत हुनुहोला । कानून उल्लंगन हुने कालोबजारीलाई नियन्त्रण गर्ने विषयमा चासो नराख्दा कार्यसम्पादन गर्न सहज हुन्छ । राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा अवस्था अध्ययन भइरहेको छ । अगाडि कस्तो निर्णय भएको र कस्तो आँखाले हेरियो थाहाँ छैन । तर हाम्रो तर्फबाट तपाईहरुलाई रेर्ड कार्पेट छ । उद्योग,व्यवसायको सुरक्षा र उन्नतिको लागि गृहमन्त्रालयले गर्ने कुनैपनि कामले चुक्दैनौं । सरकारले एउटा स्पेशल युनिट खडा हुन्छ । मन्त्रालयमा कुनै कामको लागि व्यवसायीहरुले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन ।

उद्योगी व्यवसायीहरुले मुलुकको राजश्व वृद्धि,व्यवसायी वृद्धिमा सही ढङ्गले समय खर्च गर्ने हो । अब उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय,कार्यालय हाकिम र राजनीतिज्ञहरुकामा गएर समय खेर फाल्नु पर्दैन । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिनु होला । उद्योगी व्यवसायीहरुले पैसा कमाउनु अपराध गर्नु जस्तो व्याख्या छ त्यसलाई हामीले अन्त्य गर्छौं । उद्योगी व्यवसायीहरुले पैसा कमाउनुपर्छ कमाउनुस् । स्वच्छ प्रतिष्पर्धा गरेर व्यवसायीहरुको उन्नति हुँदा नै मुलुकको उन्नति हुने हो । त्यहाँबाट नै रोजगारीको सिर्जना हुन्छ । अहिले ठूलो फोहोर रहेको छ । त्यो ड्यामेज भएर बसेको छ । त्यो फोहोर सफा गर्न समय लाग्नसक्छ । सफा गर्दा अलि दुर्गन्ध बढी आउनसक्छ । त्यसको लागि उद्योगी व्यवसायीहरु तयार हुनुहोला । अरु मलाई कसैलाई जोगाउनु पनि छैन । कसैलाई फसाउनु पनि छैन । म कानूनीको परिधि भित्र रहेर काम गर्ने हो । हामी आउँदैमा समाज रातारात परिर्वतन हुने होइन ।’

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको बताउनु भयो । उहाँले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताउनु भयो । उहाँले कालोबजारी तथा कानून विपरितका काममा कुनैपनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताउनु भयो । चेम्बरले गृह मन्त्रीलाई कालोबजारी,सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।