२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

सङ्कटमा चौंरी र याकः संरक्षणका लागि बीमा

सङ्कटमा चौंरी र याकः संरक्षणका लागि बीमा
फाईल फोटो
अ अ+ अ-

फुङ्लिङ ।  ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र रहेका चौँंरी र याकको बीमा गरिएको छ । वन्यजन्तुको आक्रमणबाट ठूलो क्षति हुने भएपछि चौंरी र याकको बीमा गरिएको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा वन्यजन्तुले चौँरी याक मारेर खाइदिने भएपछि पशुधन बीमा कार्यक्रममार्फत संरक्षण क्षेत्रका चौंरी याकको बीमा गरिएको बताइएको छ । गत आर्थिक वर्षमा ८७५ वटा चौंरीयाकको बीमा गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन लिम्बूले बताउनुभयो ।  

विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा चौंरीयाकको बीमा गरिएको उहाँले बताउनुभयो । समुन्द्र सतहदेखि तीन हजार ५०० मिटरदेखि पाँच हजारसम्मको उचाइमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका हिमाली समुदायहरुको प्रमुख पेशा पशुपालन हो । संरक्षण क्षेत्रमा वन्यजन्तुले घर पालुवा पशुहरु सिकार गरेर मार्ने भएकाले पशु पालकलाई राहत उपलब्ध गराउने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक सचिन हेल्लोकले बताउनुभयो ।
 
संरक्षण क्षेत्रमा चारवटा हिउँचितुवा उपसमिति गठन गरिएको छ । ती समितिलाई हिउँचितुवाको अनुगमनको जिम्मेवारी दिएको छ । समितिले हिउँ चितुवाको आहाराका रुपमा मानिएको नाउरको पनि रेखदेख गर्र्ने गरेको घुन्सा हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताउनुभयो । हिउँ चितुवाले चौंरीयाकलाई सिकार गरेर खाने गरेकाले पशुधन कार्यक्रममार्फत याकचौंरीको बीमा गरिएको उहाँको भनाइ छ । 

फक्ताङलुङ गाउँपालिका–६ घन्सा हिउँ चितुवा उपसमितिमा बीमाका लागि रु २६ लाख ३३ हजार कोषमा जम्मा भएको छ । यस समितिमा गत आर्थिक वर्षमा ३६ वटा चौंरीयाकको बीमा गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयको तथ्याङ्कमा उल्लेख छ । एउटा चौँरी वा याकको बीमा गरेबापत प्रिमियम शुल्क रु ३०० समितिको कोषमा जम्मा गर्नुपर्ने हुन्छ । पशु बीमाबापत शुल्क बुझाएको प्रिमियम ३ वर्षमा पशुपालकले व्याजसहित फिर्ता पाउने नियम रहेको लिम्बूको भनाइ छ । 

फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला हिउँ चितुवा उपसमितिमार्फत पशु बीमाका लागि  रु २१ लाख ६९ हजार ५३ कोषमा जम्मा छ । यस समितिमार्फत ४३५ चौंरीयाकको बीमा गरिएको उपसमितिका अध्यक्ष नुपु शेर्पाले बताउनुभयो । यस समितिमा प्रतिपशुबापत रु १०० बीमा शुल्क समितिको कोषमा जम्मा गर्नुपर्ने नियम बनाएको उहाँको भनाइ छ । याङमा हिउँचितुवा उपसमितिमा रु १५ लाख ८६ हजार पशुधन बीमाका लागि जम्मा भएको छ । यस क्षेत्रमा ४०० चौंरीयाकको बीमा गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयले जनाएको छ । याङमा हिउँ चितुवा उपसमितिमा प्रतिचौंरीयाक बीमा गरेबापत प्रिमियम शुल्क रु ५५ समितिको कोषमा जम्मा गर्नुपर्ने नियम रहेको समितिका अध्यक्ष फिन्जो शेर्पाले बताउनुभयो । 

त्यस्तै सिरिजङ्गा गाउँपालिका-७ याम्फुदिन हिउँ चितुवा उपसमितिमा रु २४ लाख ५२ हजार ६५२ कोषमा जम्मा रहेको परिषद्का कार्यक्रम सहायक जितेन लिम्बूले बताउनुभयो । यस  समितिमा विगतमा चौंरीयाकको बीमा गरे तापनि आर्थिक वर्ष २०७७/७८ मा  नवीकरण नगरेको उहाँले बताउनुभयो । बीमा गरेको पशुलाई हिउँचितुवाले खायो वा मार्‍यो भने मूल्याङ्कन समितिले अनुगमन गरेर प्रतिचौंरीयाक रु आठ हजारका दरले बीमा भुक्तानी गर्दै आएको कार्यक्रम सहायक लिम्बूले बताउनुभयो । 

विश्वको दुलर्भ सूचीमा पर्ने हिउँ चितुवाले हिमाली क्षेत्रका पशुहरुमाथि विगतदेखि नै आक्रमण गर्दै आएकाले पशु पालकहरुको ठूलो क्षति भए पनि थोरै राहत प्रदान गर्नका लागि पशुधन बीमा कार्यक्रम सञ्चालनमा ल्याएको  कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । हिमाली बस्तीमा हरेक समुदायको जीविकोपार्जनमा सहजता ल्याउनका लागि अझ प्रभावकारी बनाउँदै लाने योजना रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । 

बीमा कम्पनीहरुसँग सहकार्य गरेर पशु पालकहरुको पशुको बीमा कार्यक्रमलाई आगाडि बढाउने उहाँले बताउनुभयो । पशु अस्पताल ताप्लेजुङसँग पनि आगामी दिनमा सहकार्य गरेर काम गर्ने योजना रहेको र सहकार्यका लागि छलफल भइरहेको अध्यक्ष फेम्बुले जानकारी दिन्भयो । उहाँले भन्नुभयो, “अहिले हिउ चितुवाले मारेको भएमात्र बीमाको रकम भुक्तानी हुँदै आएको छ । तर आउने दिनमा सबै खाले वन्यजन्तुले चौंरीयाकमाथि क्षति गरेमा बीमा भुक्तानी गरिदिने योजना छ ।” 

एउटा याकको मूल्य रु ९० हजारदेखि एक लाख १० हजारसम्म पर्ने गरेको छ तर वन्यजन्तुले कति बेला आएर मार्छ, थाहै पाइँदैन स्थानीयवासीको गुनासो छ । अध्यक्ष फेम्बुका अनुसार यो क्षेत्रको कञ्चनजङ्घा हिमाल आधार शिविरसम्म याक र चौंरीका गोठ हुन्थें ।  वन्यजन्तुकै कारण आजित भएर किसानले छोडेको उहाँको भनाइ छ । “एक दशकअघिसम्म प्रत्येक घरको गोठ थियो”, उहाँले भन्नुभयो,  “अहिले पुस्तौंदेखिको पेसा लोप हुने अवस्थामा पुग्न थालेको छ ।” चौंरी पालेर घिउ, छुर्पी र चमर बिक्री गर्दै आएका यो क्षेत्रका बासिन्दा अहिले कोही पर्यटन र कोही होटल व्यवसायमा लागेका छन् भने कोही विकल्प खोज्दै छन् ।

हिउँचितुवाले क्षति गरेमा  किसानले बीमाबापत रु आठ हजार पाउँछन् । तर त्यति राहतले केही नपुग्ने किसानको गुनासो छ । “एउटा याक, चौंरी मर्दा एक लाखसम्म क्षति हुन्छ । तर, बीमाबापत रु आठ हजार मात्रै पाइन्छ, यो रकम कागज मिलाउँदै सकिन्छ”, किसान भन्छन्, “बीमा नाम मात्रैको छ ।”

कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमख गणेशप्रसाद तिवारीका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा अहिले १९ देखि २४ वटासम्म हिउँचितुवा रहेको अनुमान छ । रासस