२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गरिने

दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गरिने
अ अ+ अ-

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ ।  समितिको मंगलवारको बैठकमा सभापति शशी श्रेष्ठले शुक्रवार मन्त्री ज्यूलाई बोलाएर यस विषयमा छलफल गर्ने बताउनुभयो । 

समितिको बैठकमा सांसदहरुले बाढी पहिरो तथा डुबानबाट पीडितभएका जनताको उद्दार, राहत तथा पुनस्र्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए । कतिपय स्थानमा सरकारको उपस्थिती नै नभएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिने माग गरेका थिए ।

छलफलमा विपद् तथा दैविक प्रकोप सम्बन्धिका कुराहरुमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिवेदनमा रहेका प्रमुख बुँदाहरु सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गर्नुभयो ।

त्यस्तै छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिनसक्ने बताउनुभयो । प्रेम सुवालले समितिमा पेश भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गर्नुभयो । सदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताउनुभयो । उहाँले राहतमा खसी देखाएर फर्सी दिने त्यो पनि आज, भोलि नभएर पर्सि भएको बताउनुभयो ।

त्यस्तै डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्विाकार्दै समितिका सुझावलाई प्रतिनिधि सभामा लैजाने वातावरण मिलाउन सुझाउनुभएको छ । लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नरगेको बताउनुभएको छ ।

सुशासन समितिको बैठकमा बोल्दै पण्डितले समितिले प्रतिवेदन ड्राफ्टमा ल्याएर छलफल गर्नुपर्ने धारणा राख्नुभएको छ । संसद पुनस्र्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको हो ।