२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही

निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ । 

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकता भन्दा बढी भाडा लिई नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगिमा संलग्नको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको हो । 

छलफलबारे जानकारी दिदैँ समिति सदस्य दिव्यमणि राजभण्डारीले नाजायज फाइदा उठाउनेलाई कारबाही गरिनुपर्ने भन्ने कुरा राखेको बताउनुभयो । उहाँले नेपालको एयरलाइन्स्लाई युरोपमा अझैँ कालोसूचीमा राखिएको भन्दै कालोसूचीबाट हटाउनको निम्ति के कसरी काम गर्दा सहयोग पुग्छ भन्ने विषयमा छलफल गरिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नाजायज फाइदा उठाएकालाई कारबाही होस् भन्ने हाम्रो भनाई छ । यदी उहाँहरुले गल्ती गर्नुभएको छैन र कम्युनिकेशन ग्यापले गर्दा अप्ठ्यारो भएको हो भने उहाँहरुलाई इन्फरमेशन राम्रो जाओस् भन्ने धारणा राख्यौँ । नेपालको एयरलाइन्स युरोपले ब्ल्याकलिस्टिङ ब्याकलिस्टिङ गरिरहेको छ ।ब्याकलिस्टिङबाट निकालेर पर्यटन, उद्योग र समग्र देशको विकासको निम्ति सहयोग पु¥याउन  सकोस् भन्ने उद्देश्यले अगाडी बढाउनको निम्ति आजको मिटिङबाट प्रयास गर्‍यौँ ।’

उहाँले नेपाल वायु सेवा निगमसँग चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्याको सम्बन्धमा छलफल गरिएको पनि बताउनुभयो । साथै आन्दोलनरत कर्मचारीले किन आन्दोलन गरिरहनुपरेको छ भन्ने विषयमा पनि समि िसदस्यहरुले जानकारी लिएको उहाँले बताउनुभयो । निगमको समस्या समाधानको निम्ति समितिले सरकारलाई आवश्यक निर्देशन दिन तयार रहेकाले सुझाव दिन अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामिले चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्याको बारेमा छलफल गर्‍यौँ । सरकारले लिनुपर्ने स्टेपमा समितिबाट दिनुपर्ने निर्देशनको बारेमा ज्ञान लिन खोज्यौँ । उहाँहरुलाई हामिले अनुरोध गरेका छौँ, जे जति सकिन्छ इन्फरमेशन दिनुस्, ट्रान्सपरेन्ट गर्नुस् । त्यसले गर्दा यो संस्थालाई बचाएर जान सकुँ ।’

छलफलका क्रममा नेपाल नागरिक उड्ययन प्राधिकरण महानिर्देशक राजन पोखरेलले चार्टड फ्लाइटमा स्वभाविक रुपमा भाडा बढी हुने भएपनि अनियमितता भने नभएको बताउनुभयो । एयरलाइन्स्को पक्षबाट कुनैपनि अनियमितता नभएको उहाँको भनाई छ ।

छलफलमा नेपाल नागरिक उड्ययन प्राधिकरण महानिर्देशक राजन पोखरेल, नेपाल वायु सेवा निगमको प्रवन्ध निर्देशकसहित पाँच जना समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।