• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आर्सनल र न्युक्यासलको बराबरी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा शीर्षस्थानको आर्सनलले न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनलले खेलमा दबाब राखेपनि गोल गर्न भने सकेन । खेलको दुबै हाफमा आर्सनल न्युक्यासलमाथि हाबी भएको थियो ।

बराबरीको नतिजासँगै १७ खेलबाट ४४ अंकसहित आर्सनल अंकतालिकाको शीर्षस्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको सिटीको १६ खेलमा ३६ अंक छ । यस्तै १८ खेलमा ३५ अंकसहित न्युक्यासल तेस्रो स्थानमा रहेको छ ।