२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा जाने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ ।

जनता समाजवादी पार्टीको मंगलवार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राखेर मात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन गर्ने भन्ने निर्णय हुने बताउनु भयो ।

उहाँले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र सो निर्णय लिइने पनि स्पष्ट पार्नुभयो । त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारमा जाने, नजाने सम्बन्धमा पनि पार्टीका विचारहरु आउँदा सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरी र सरकारले गर्न थालेको शक्ति बाँडफाँटको विषयलाई ध्यानमा केन्द्रित राखेर मात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन त जारी नै रहनेछ भन्ने हाम्रो निर्णय भयो । त्यस्तै विभिन्न राजनीतिक दल, संगठन र क्रियाशिल अन्य राजनीतिक शक्तिहरु सँग वार्ता, संवाद, छलफल गर्नको लागि पार्टीका सह अध्यक्ष, केन्द्रिय कार्यकारिणी समितिका सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति बनायौँ । सो समितिमा राजेन्द्र श्रेष्ठ संयोजक, रकम चेमजोङ सदस्य र गोविन्द चौधरी सदस्य । त्यस्तै माघ मसान्तभित्र पार्टीले आफ्ना सबै निष्क्रिय संगठनहरुलाई क्रियाशिल बनाउने छ ।’

बैठकले माघ मसान्तभित्र पार्टीमा निष्क्रिय भएका सबै संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय पनि गरेको छ । गत निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने र संघीय परिषद् र केन्द्रिय समिति सदस्यहरुले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहेका छन् ।

जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रिय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ, सुशिला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दिपक राई, पञ्चलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।




भर्खरै