• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   फोहोरमैलालाई मजाकको विषय नबनाऔँ: एमाले अध्यक्ष ओली ★   असार १ गतेदेखि आन्दोलनमा उत्रिने क्रसर व्यवसायीहरुको चेतावनी ★   हात्तीले एक घुटुकमा कति पानी पिउँछ ? ★   डिजिटल अर्थतन्त्रको बिस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न आयोग गठन गर्न लागिएको हो: अर्थमन्त्री… ★   मेलम्चीमा गलत विकासका कारण विपद्जन्य घटना भए, क्षतिपूर्ति माग्नुपर्छ: कल्याण श्रेष्ठ ★   घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक ★   हुरीले मकै बालीमा क्षति ★   प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन: महामन्त्री थापा ★   रोहितलाई आज धोनीको रेकर्ड तोड्ने मौका ★   तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा

नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन



file

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछनेले नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे अनुसन्धान गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् ।

९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे उनले चासो लिएका हुन् । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै अनुसन्धान सुरु गरिसकेको छ ।

आज मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलको क्रममा खेलाडीहरुले टस गर्न नमानेपछि निर्धारित २० ओभरको खेललाई ९ ओभरमा झारेर दुई घण्टापछि खेल सुचारु भएको थियो ।

नेपाल टी–२० लिगमा आबद्ध विभिन्न टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै विरोध समेत जनाएका छन् ।