२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिन्धु सहयोग कोष’ का लागि कलाकारहरु पुगे हेलम्बु मेलम्ची (तस्बीर सहित)



अ+ अ-

काठमाडौं । नायिका करिष्मा मानन्धरको संयोजकत्वमा कलाकारहरुद्वारा 'सिन्धु सहयोग कोष' संचालन गरि सहयोगको लागि आह्वान गरिएको छ । सिन्धुपालचोक स्थित घर भएका यी कलाकारहरुले आफ्नो जिल्लालाई पुनर्निर्माण गर्ने हेतुले सो कोषको निर्माण गरेको हो । 

सो अनुगमनमा नायिका पूजा शर्मा, मुन्द्रे उर्फ जितु नेपाल , चेतन सापकोटा, शिवहरी नेपाल वैरागीलगायतका अन्य धेरै कलाकारहरुको उपस्थित रहेको थियो । हेलम्बु र सिन्धुपालचोकमा अविरल वर्षाका कारण ठूलो क्षति भएको थियो । त्यहाँका वासिन्दाहरु बेघर भएको छन् ।

विभिन्न स्थानबाट आएको सहयोगको वावजुत पनि सो ठाउँ विकास भएको छैन । पिडितहरुको क्षतिपूर्ति पूर्ण भएको छैन । त्यसैले सबै कलाकारहरुले आफु जन्मेको स्थानमा गई त्यहाँ पुनर्निर्माण विकासका लागि भनि सहयोगका लागि भनि सबैलाई आह्वान गरेका हुन् । हेलम्बु , मेलम्ची पुनर्निर्माण अनुगमन गरेको केही तस्बीरहरु :