२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथलाई देउवाको फोनः उपचार खर्च सरकारले व्यहोर्ने



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुग्नुभएको थियो ।

मृगौला सम्बन्धी समस्या देखिएपछि खनाल नयाँदिल्लीको एपोलो अस्पतालमा उपचाररत हुनुहुन्छ ।