• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलब शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलब शून्य छ मा झरेको छ ।

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ३९ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्य नौ उपसमूहको शेयर मूल्य घट्दा आउँदा चार उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये एक सय सात कम्पनीको शेयर मूल्य बढेको छ ।

यस्तै, एक सय दुई उपसमूहको शेयर मूल्य ओरालो लाग्दा तीन उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ बराबरको कारोबार भयो ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड १९ लाख ६४ हजार दुई सय ३६ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक रु नौ करोड ६६ लाख ९५ हजार, सानिमा बैंक रु नौ करोड ४९ लाख १२ हजार आठ सय १४, हिमाल दोलखा हाइड्रोपावर रु आठ करोड १७ लाख ९४ हजार चार सय ५२ र नेपाल पुनरबीमा कम्पनी रु आठ करोड तीन लाख ४२ हजार आठ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमा श्वेत गङ्गा हाइड्रोपावर,धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स छन् । यस्तै, नेरुडे लघुवित्तको शेयर मूल्य सात दशमलब ७३ प्रतिशतले बढेको छ ।

त्यस्तै, विन नेपाल लघुवित्त पाँच दशमलब ५९, बोटलर्स नेपाल तराई लघुवित्त पाँच दशमलब ५४, दोर्दी खोला जलविद्युत् तीन दशमलब ४४, पिपल्स पावर कम्पनी तीन दशमलब ४० र हिमालयन बैंकको शेयर मूल्य तीन दशमलब ३२ प्रतिशतले घटेको छ ।