२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

समायोजनका नाममा पार्टी कब्जाको प्रयास गरिएको कांग्रेसका १० नेताको आरोप

समायोजनका नाममा पार्टी कब्जाको प्रयास गरिएको कांग्रेसका १० नेताको आरोप
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका १० नेताले समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।

केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । 

यस्तो छ वक्तव्यः
मिति – २०७८ साउन ५ गते मंगलबार 

नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ । महाधिवेशनको तयारी कै दौरानमा राष्ट्रिय राजनीतिको बागडोर समेत कांग्रेस कै काँधमा आईपरेको छ । गत आमनिर्वाचनबाट फराकिलो बहुमत सहित सत्तारूढ भएको नेकपाको अन्तरकलह र जनबिरोधी अलोकतान्त्रिक गतिविधिको परिणामस्वरुप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिपक्षी गठबन्धनको नेतृत्व गरि सरकारको समेत नेतृत्व गर्नु पर्ने विशेष परिस्थिति निर्माण भई हाल कांग्रेस नेतृत्वको सरकार गठन भई बिश्वासको मत समेत प्राप्त भईसकेको छ । यसले नेपाली कांग्रेसलाई नेपाली राजनीतिको मियो र मुल अभिभावकको रुपमा पुनःस्थापित गरिसकेको छ ।
समय र परिस्थितिले पार्टीको काँधमा आएको राष्ट्रिय अभिभारा पुरा गर्नु अहिलेको कांग्रेसको प्रमुख कर्तव्य पनि हो । बितेका साढे तीन बर्ष यता ओली सरकारको निरंकुश व्यवहारले नेपाली जनतामा बढाएको निराशा अन्त्य गर्दै कष्टकर हुदै गएको दैनिकीमा सुधार गरि सरकारप्रति जनतालाई आस्वस्त तुल्याउनु नयाँ सरकारको दायित्व समेत हो ।
राष्ट्रिय राजनीति संकटउन्मुख भएको, नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि समाप्त हुन लागेको जटिल घडीमा अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई बिश्वास गरि देशको अभिभारा सुम्पेको बेला पार्टीका साथीहरूले आफ्नैं नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्नु पर्छ । साथै धर्ना, अनसन र आमरण अनसनस बस्नु पर्ने बाध्यताको सधैका लागि अन्त्य हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ । 
इतिबेला चौधौं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरु र केही जिल्लाका साथिहरुका गतिविधिले हाम्रो ध्यान तानेको छ । मुख्य गरि पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका कृयाशिल सदस्यहरुको बिवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा कृयाशिल सदस्यको बिवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुदैन । पार्टी बिधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय बिपरित गरिने कार्यले कसैको भलो गर्दैन । प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको कृयाशिल सदस्यतालाई आफ्नो ठूलो राजनीति पुँजी ठान्दछन् । कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नु पर्दछ । आज कृयाशिल सदस्य सम्बन्धि बिवाद पार्टी केन्द्रीय कार्यालयसम्म आईपुगेर धर्ना र आमरण अनसनसम्म पुगेको छ । यो गम्भीर बिषय हो । विधि र प्रक्रिया नाघेर जथाभावी बितरण गरिएका कृयाशिल सदस्यताले हामीलाई बलियो बनाउँदैन । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रकृया बाहिरबाट बितरण गरिएका कृयाशिल सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ । र आफ्नो सर्वस्व सुम्पेका साथिहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ । हामीलाई थाहा छ, पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ । नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर एकैचोटी  पुराना साथिहरुको बिस्थापन हुने गरि जथाभावी गर्नु हुदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ । तसर्थ नेपाली कांग्रेसको कृयाशिल छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको बिधिसंगत र तार्किक समाधान गर्न हाम्रो आग्रह छ ।

१. डा.चन्द्र भण्डारी
२. धनराज गरुङ
३. कमला पन्त
४. रत्ना शेरचन
५. गगन  थापा
६. बद्री पाण्डे
७. गुरुराज घिमिरे
८. सरिता प्रसाईं
९. रामकृष्ण यादव
१०. किरण यादव