२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड पत्नी सीतालाई भेट्न देउवा खुमलटारमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालाई भेट्न खुमलटार गएका छन् । आज अपरान्ह प्रचण्ड निवास खुमलटारमा पुगेर देउवाले दाहालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका हुन् । साथै उनले दाहालको स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।

खुमलटार पुगेका देउवाले प्रचण्डसँग करिव डेढघण्टा छलफल गरेका थिए । यसअघि मंगलवार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । त्यस्तै बुधवार बिहान मात्रै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेट गरेका थिए । देउवा र प्रचण्डबीचको भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।