२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

कांग्रेसमा मन्त्री बन्नेको लर्को, कुन समुहबाट कसको चर्चा

कांग्रेसमा मन्त्री बन्नेको लर्को, कुन समुहबाट कसको चर्चा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा मन्त्री बन्नेको लर्को लागेका लागेको छ । पार्टीका शभापती शेर बहादुर देउवा प्रधानमन्त्री भएसंगै कांग्रेसमा मन्त्री बन्नेको लर्को नै लागेको हो । 

हाल गृहमन्त्रीमा बालकृष्ण खाँण, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनादर्न शर्मा र उर्जामा पम्फा भुसाल नियुक्त भएपनि बाँकी मन्त्रालय भागवण्डामा प्रधानमन्त्री देउवाले आफ्नै भागमा राखेका छन् । कांग्रेसका तीन समूहका नेताहरुका अनुसार मन्त्रालय भागवण्डा गर्दा कांग्रेसको भागमा बढीमा आठ वटा मन्त्रालय आउने सम्भावना छ । तर आंकाक्षी भने धेरै छन् ।

पौडेल समूहले उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय मागेको छ । ‘पार्टीभित्रको सन्तुलन कायम गर्न पनि हामीले उपप्रधानमन्त्री पाउनुपर्छ भन्ने साथीहरुको भनाइ छ,’ नेता अर्जुननरसिंह केसी भन्छन् ।

आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीसमेत रहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री दिनुपर्ने बताएपनि सिंहले भने सरकारमा जानेबारे मुख खोलेका छैनन् ।

सिंह सरकारमा नगए उपप्रधानमन्त्रीमा सुजाता कोइरालाको दाबी बलियो हुने पौडेल समूहका नेताहरु बताउँछन् । पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, किरण यादव, तेजुलाल चौधरी, प्रमोदकुमार यादव, राजेन्द्र केसी, प्रमिला राई, प्रकाश रसाइली ‘स्नेही’को नाम चर्चामा छ ।

यस्तै पूर्वमहामन्त्री सिटौला समूहबाट उमाकान्त चौधरीको नाम पनि चर्चा रहेपनि यसअघि ९ महिना स्वास्थ्यमन्त्री हुँदा राम्रो काम गरेको तथा कोरोना नियन्त्रण र रोकथामका लागि संसदभित्र र बाहिर रचनात्मक भूमिका खेलेका गगन थापालाई पनि मन्त्री बनाउनुपर्ने मत बलियो छ । संस्थापन समूहकै कतिपय नेताले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई थापालाई स्वास्थ्यमन्त्री बनाउन सुझाएका थिए ।

यता संस्थापन समूहबाट पुष्पा भुसाल, डा. डिला संग्रौला, भरतकुमार शाह, नारायण खड्का, बहादुरसिंह लामा, विनोद चौधरी, मानबहादुर विश्वकर्मा र तारादेवी भट्टको नाम चर्चामा छ । उपसभामुख पद रिक्त भएकाले मन्त्रीका लागि आकांक्षी महिला सांसदलाई देउवाले यसमा व्यवस्थापन गर्ने विकल्प पनि छ ।

सभामुख र उपसभामुख एउटै पार्टी र लिंग हुन नहुने संवैधानिक व्यवस्था छ । हाल सभामुख रहेका अग्नि सापकोटा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेलले यसअघि नै उपसभामुख नबन्ने बताएकाले यो पद कांग्रेसकै भागमा पर्ने सम्भावना बलियो छ ।