२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

४८ वर्षको उमेरमा ऋतिकको फिटनेस



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो तस्विरले सामाजिक सञ्जालमा सनसनी मच्चाएका छन् । यी तस्बिरहरूमा ऋतिक आफ्नो ‘एट प्याक एब्स’ सार्वजनिक गरेका छन् । ४८ वर्षको उमेरमा पनि यस्तो शरीर देखेर सबै अचम्मित भएका छन् ।

ऋतिकले आफ्नो आगामी फिल्म ‘फाइटर’का लागि यस्तो बलियो शरीर बनाएका हुन् । यो तस्बिरमा ऋतिक रोशन ऐना अगाडि उभिएको देख्न सकिन्छ । उनले यो तस्बिर जिममा क्लिक गरेका हुन् ।

यो फिल्म जनवरी २०२४ मा रिलिज हुनेछ । यस पावर प्याक्ड एक्सन फिल्ममा ऋतिकको अपोजिटमा दीपिका पादुकोण पनि देखिनेछिन् । ‘फाइटर’ लाई एक्सन निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् ।

सिद्धार्थ आनन्दसँग ऋतिकको यो दोस्रो फिल्म हो । यसअघि सिद्धार्थको निर्देशनमा बनेको फिल्म ‘वार’मा ऋतिक मुख्य कलाकारको भूमिकामा देखिएका थिए । फिल्ममा ऋतिक र दीपिकाका अलावा अनिल कपूर पनि देखिनेछन् ।